पार्टी हितविरुद्धको गतिविधिमा लाग्नु इतिहासकै अनुशासनहीन कार्यः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहीन कार्य भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्नेलगायतको कामप्रति असन्तुष्टि पोख्दै यस्तो बताएका हुन् ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री ओलीले महिला हक, अधिकारका आन्दोलनमा सङ्घर्ष गर्नेे सबैमा सम्मान व्यक्त गरे । जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने बताउँदै उनले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको बताए ।

अरुलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले बताए । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

कमेन्ट गर्नुहोस्