सुदूरपश्चिम सरकारका ६ वटै मन्त्रीलाई साधारण सदस्यताबाट निष्काशन गर्ने तयारी

धनगढी, नेकपा एमालेले मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा सहभागी भएको सबै ६ जना मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने बताएको छ ।

गत शुक्रबार मन्त्रीमण्डल पुर्नगठन हुँदा नेकपा एमालेबाट मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएकालाई कार्वाही हुने भएको हो ।

मन्त्रीमण्डलमा नियुक्त भएलगत्तै प्रदेश पार्टीले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो । तर उनीहरुले स्पष्टिकरण भने बुझाएका छैनन् ।

नेकपा एमाले प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही हुने र त्यो प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  माधव नेपाललाई एक्लाउने रणनीतिमा ओली

गत शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्कालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका थिए । उनीहटरुसँगै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

याे पनि पढ्नुस  ओलीको प्रस्ताव झुक्याउन र अल्मल्याउनका लागि मात्रै– रामकुमारी झांक्री

यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ ।

माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्मि प्रदेश सभामा ओली पक्षले कार्वाही गरेपनि संसदीय दलमा माधव पक्षको बहुमत रहेको छ । पार्टीको साधारण सदस्यताबाट नै निलम्बन गर्ने अवस्थामा भने त्यसको कानुनी हैसियत के हुने भन्ने प्रश्न जन्मिन सक्ने देखिन्छ । यता केन्द्रमा समेत एमालेले यसअघि नै ११ जनालाई कार्वाही गरेको थियो भने आजको स्थायी कमिटी बैठकले थप १२ जनामाथि कार्वाह ीगर्नसक्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्