भेरोसेल खोप लिन एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौं । भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे बेइजिङ जाँदैछ ।

चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जान लागेको नेपाल वायु सेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्स

उनले भने, ‘आज राती साढे ११ बजे बेइजिङ जाने र भोली साढे २ बजे ८ लाख डोज खोप लिएर जहाज नेपाल आइपुग्छ ।’

जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङलेआठ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेका थिए ।

याे पनि पढ्नुस  नेपाल एयरलाइन्सको भदौ १२ गतेदेखि जापान उडान पक्का

कमेन्ट गर्नुहोस्