४७६२ संक्रमित थपिँदा ६४९१ निको, ११६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा ६४९१ जना निको भएका छन् । निको हुने दर ७९.७ प्रतिशत छ ।

देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन् ।

सोमबार कोरोनाबाट थप ११४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ७३८६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्