उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ

उपचारमा हरसम्भव प्रयास जारी राखेका छौँ : अस्पताल

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचाररत उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था भने जटिल रहेको छ ।

आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरू हरसम्भव प्रयासमा छन् । तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’

याे पनि पढ्नुस  जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यर्होर्ने

विवेकशीलका संयोजक मिलन पाण्डेका अनुसार मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा इक्मो विधिबाट उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्