काठमाडौंमा ९३ वर्षीया वृद्धाले जितिन् कोरोना

काठमाडौं । काठमाडौंमा ९३ वर्षकी एक वृद्धा कोरोना संक्रमणमुक्त भएकी छन् । काठमाडौंकी ९३ वर्षीया सुशीला भुजल कोरोना संक्रमणमुक्त भएर आइसोलेसन सेन्टरबाट घर फर्किएकी हुन् ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्दै आएकी थिइन् ।

याे पनि पढ्नुस  वीर्यमा पनि देखियो कोरोना, यौन सम्पर्कबाट सर्न सक्ने !

२४ दिनपछि आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् । कोरोना संक्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको उनले बताइन् । ‘यहाँ आएदेखिबाट केही भएको छैन । खाने, बस्ने, सुत्ने, डाक्टरले सोध्नुहुन्छ, जहिल्यै नि राम्रो छ। दुख्ने, पोल्ने घटीबढी केही छैन,’ उनले भनिन् ।

याे पनि पढ्नुस  चोरीको आरोपमा पक्राउ परेका सङ्क्रमित आइसोलेसनबाट भागे

कमेन्ट गर्नुहोस्