काठमाडौं । गायक रवि ओड र गायिका स्मिता दाहालको नयाँ गीत ‘राजा रानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीत आज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भीम बीसीको शब्द/संगीत रहेको सो गीतमा दिनेश विष्टको कथा संवाद र निर्देशन रहेको छ ।
गीतमा रविसहित कविता श्रेष्ठ, दिनेश विष्ट, प्रियंका शिवाकोटी विष्टलगायतले अभिनय गरेका छन् ।