काठमाडौं उपत्यकामा खुकुलो बन्दै निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइने भएको छ । एक साता कडा निषेधाज्ञा गर्दा कोरोना संक्रमण घटेको भन्दै खुकुलो बनाउने तयारी गरिएको हो ।

त्यसका लागि मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै एक साता थप्ने निर्णय गर्ने सम्भावना छ ।

याे पनि पढ्नुस  उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित हुनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा खुकुलो बनाइए पनि संक्रमण दर घट्दैमा तत्काल निषेधाज्ञा अन्त्य नहुने बताए । केही दिनयता काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दा संक्रमण दर तुलनात्मक रुपमा घटेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  एक महिलामा कोरोना देखिएको आरोग्य फाउन्डेसनका कर्मचारीको रिर्पाेट आयो

निषेधाज्ञा केही खुकुलो पार्ने सम्बन्धमा पनि विचार भइरहेको उनले बताए । के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने उनले बताए ।

‘जेठ १४ गतेदेखि बन्द गरिएका खाद्यान्न पसल खुलाउने गरी तयारी थालेका छौँ । कडाइका साथ लागु गरिएको निषेधाज्ञा सकिन दुई दिन बाँकी छ । हामीले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौँ’, उनले भने ।

याे पनि पढ्नुस  कोरोना त्रासकाबीच खुसीको सञ्चारः संक्रमितमध्ये साढे २ लाख निको भएर घर फर्के

काठमाडौं उपत्यकाको निषेधाज्ञामा अब चरणबद्ध रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सहजीकरण गरिँदै लैजाने जनाइएको छ ।

सीडीओहरुको बैठक आज दिउँसो ३ बजे बस्दैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

कमेन्ट गर्नुहोस्