चीनले दिएको पहिलो खेप खोप काठमाडौं पुग्यो, थप दिउँसो आउने

काठमाडौं । चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिको छ दुई लाख मात्रा खोप मध्ये पहिलो खेप आज विहान काठमाडौं पुगको छ ।

उक्त २ लाख खोप युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निः शुल्क नेपाल ल्याइदिने जनाएको छ । हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा चार खेपमा दुई लाख डोज खोप ल्याउने भएको हो । चार उडानबाट कूल ४१७ वटा बक्स खोप काठमाडौं ल्याइने हिमालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एउटा उडानमा १०५ बक्स ल्याउने जनाइएको छ । पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

सो ढुवानीबाट सरकारलाई करिब चार करोड रुपैयाँ सहयोग पुग्ने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सले बेइजिङबाट आज दिउँसो साढे २ बजे बाँकी आठ लाख डोज ल्याउने छ ।

कमेन्ट गर्नुहोस्