सीजी कम्युनिकेसन्सको इन्टरनेटः १२० एमबीपीएसको ९९९ रुपैयाँ मात्रै

काठमाडौं । सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ ।

उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

याे पनि पढ्नुस  वडासम्म इन्टरनेटको सहज पहुँचः सञ्चारमन्त्री गुरुङ

सुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ ।

सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी https://www.cgnet.com.np/ मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ ।

याे पनि पढ्नुस  सार्वजनिक इन्टरनेट अब व्यक्तिलाई पनि

 

कमेन्ट गर्नुहोस्