आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने, वान डेमा १४ र टी–२० मा २० टीम रहने

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ ।नयाँ निर्णयसँगै अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिमकाे सहभागीता हुनेछ । यसकाे फाइदा नेपाललगायतका कतिपय देशलाइ हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । हाल भने विश्वकपमा १० टिमलाई मात्र सहभागी हुने गरेका थिए । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय भएकाे छ ।

२०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ । एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन ६म सुपर सिक्सका लागि छनोट हुनेछन् ।

यस्तै, टी२० विश्वकपमा ५-५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसीसीले जनाएको छ । त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ । नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्