उपत्यकामा निषेधाज्ञाः १० दिन थप्दै खुकुलो पारियो, के खाेल्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताब पसल बिहान ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिसभित्रै बस्नु पर्नेछ ।

‘साबिकमा हामीले किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर बन्द गराएका थियौं,’ उनले भने, ‘अब निषेधाज्ञा केही खुकुलो भएको बुझ्नुपर्छ।’

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ(संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय(पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

कमेन्ट गर्नुहोस्