डब्ल्यूएचोले तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राख्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम राखेको छ ।

अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरूमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यीनीहरूको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए ।

याे पनि पढ्नुस  सरकारले फेरि सच्यायो कोरोनाका कारण मृत्यु हुनेको संख्या

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो ।

भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको बताए ।

कमेन्ट गर्नुहोस्