आइसोलेसन भवनको झ्यालबाट हाम फाल्दा संक्रमितको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आइसोलसन भवनको झ्यालबाट हाम फाल्दा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लाँदादाँदै मृत्यु भएको जनाएको छ ।

जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हालेर भाग्न खोजेको बताएका छन् ।

उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्