२ महिना मेलम्चीको पानी नआउने, हतारमा उद्घाटन गर्दा मिचिएको प्रोटोकल सच्याइँदै

काठमाडौं । उद्घाटन गर्न मिचिएको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) सच्याउन आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ ।

असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् ।

याे पनि पढ्नुस  मेलम्चीको पानी आउन अब धेरै समय छैन: मन्त्री मगर

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

याे पनि पढ्नुस  मेलम्चीको पानी आएपछि वितरणका लागि योजना तयार

 

कमेन्ट गर्नुहोस्