टेष्ट डेब्यू म्याचमै डेभन कन्वेले बनााए दोहोरो शतक

काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड टिमका ओपनर डेभन कन्वेले दोहोरो शतक पूरा गरेका छन् ।

उनले ३४७ बलमा २२ चौका र एक छक्कासहित दोहोरो शतक पूरा गरेका हुन् ।

कन्वेको यो डेब्यू म्याच हो । योसँगै उनले लड्सको मैदानमा डेब्यू म्याचमै दोहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् ।

याे पनि पढ्नुस  दक्षिण अफ्रिकाका बलर महाराजले तोडे अफ्रिदीको कीर्तिमान!

यसअघि लड्समा डेब्यू म्याचमै सर्वाधिक ठूलो रनको पारी भारतीय टिमका पूर्वकप्तान सौरभ गांगुलीको नाममा थियो ।

उनले सन् १९९६ मा यही मैदानमा डेब्यू म्याचमा १ सय ३१ रनको पारी खेलेका थिए ।

एकदिवसीय र टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कन्वेले टेष्टमा पनि डेब्यू गर्ने मौका पाए । र, उनले टेष्टमा पनि उत्कृष्ट डेब्यू गरे ।

याे पनि पढ्नुस  टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध भारतको लज्जास्पद हार

कन्वेले तीन एकदिवसीय र १४ टी-२० म्याच खेलेका छन् । उनी दक्षिण अफ्रिकी मूलका खेलाडी हुन् ।

पहिलो पारीमा न्यूजिल्याण्ड ३७८ रनमा समेटियो

न्यूजिल्याण्ड पहिलो पारीमा ३ सय ७८ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले १२२.४ ओभरमा अलआउट भएको हो ।

याे पनि पढ्नुस  इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा

उसका लागि कन्वेले २ सय, हेनरी निकोल्शले ६३, निल वाग्नरले अविजित २५, टम लाथमले २३, रस टेलरले १४ र कप्तान केन विलियम्सनले १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा ओली रोबिन्सनले चार, मार्क उडले तीन र जेम्सन एण्डरसनले दुई विकेट लिए ।

कमेन्ट गर्नुहोस्