विश्वकप कप छनोट : चौथो मिनेटमै ताइपेईविरुद्ध नेपालको गोल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेईविरुद्ध चौथो मिनेटमै नेपालले १-० को अग्रता बनाएको छ ।

नेपालले पहिलो गोल मेनाल्टीमार्फत् गरेको हो । मेनाल्टीमा अञ्जन विष्टले गोल गरे ।

खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा भइरहेको हो ।

आज नेपालले सुरुवाती-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज मनिष डाँगी र नवयुग श्रेष्ठको स्थानमा सुनिल बल र आशिष लामाले सुरुवाती ११ मा मौका पाएका छन् ।

कमेन्ट गर्नुहोस्