बिडेन पनि ट्रम्पकै बाटोमा, ५९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

वाशिङ्टन डिसी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीति अनुसरण गर्दै अमेरिकी राष्ट्रपति जो बिडेनले ५९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।
चिनियाँ सैनिकसँग सम्बन्ध रहेको भन्दै ५९ वटा चिनियाँ कम्पनीमाथि लगानी गर्न प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावमा बिडेनले हस्ताक्षर गरेका हुन ।

यसअघि गत नोभेम्बरमा राष्ट्रपति ट्रम्पले ३१ वटा चिनियाँ कम्पनीहरुलाई अमेरिकी सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । नव निर्वाचित राष्ट्रपति बिडेनले उक्त सूचि विस्तार गर्दै थप २८ वटा कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने निर्देशनमा हस्ताक्षर गरेका हुन । यो नयाँ निर्देशन आगामी अक्टुबर २ बाट लागु हुनेछ ।
यो घोषणाले चाइना मोबाइल, चाइन दूरसञ्चार र चाइना टेलिकम जस्ता कम्पनीहरु कालोसूचिमै रहनेछन् । यसैगरी हुवेइ र हिक्भििजन जस्ता स्मार्टफोन निर्माता कम्पनी पनि प्रतिबन्धित हुनेछन् ।

कमेन्ट गर्नुहोस्