सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना नगर्न सुर्नया गाउँपालिकाको आग्रह

बैतडी । जिल्लाको सुर्नया गाउँपालिकाले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । केही दिनयता केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका विकास निर्माण र कार्यक्रमका विषयमा सर्वसाधारणलाई भ्रम सिर्जना हुने गरि गतिविधि अगाडि बढाइरहेको पाइएकोमा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै गाउँपालिका कोरोना महामारी नियन्त्रणमा पूर्ण सक्रिय रहेको र अवस्था विस्तारै सहज हुँदै गइरहेकोले विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गरेका छन् । उनले वैशाख १७ गतेदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी रहेकाले विकास निर्माणका काम, योजना तथा कार्यक्रम प्रभावित हुने र ढिलो सञ्चालन हुने अवस्था देखिएकोले वास्तविकता बुझ्न पनि उनले आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  सुर्नया गाउँपालिकामा महिनावारीजन्य समस्या धेरै, ८ वटै वडामा तालिम सञ्चालन हुँदै

संघीय सरकारले गाउँपालिकालाई शशर्त अनुदान उपलब्ध गराएका कार्यक्रम सञ्चालनका लागि प्रकृया बढे पनि कोरोना र बन्दाबन्दीले उक्त कार्यक्रम प्रभावित भएको र संक्रमण समान्य बन्दै गएपछि उक्त कार्यक्रम कार्यान्वयन प्रकृयामा समावेश गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघीय सरकारबाट अनुदानमा प्राप्त कार्यक्रम जुन कार्यक्रमका लागि तोकिएको हुन्छ त्यही कार्यक्रमका लागि खर्च गर्नु पर्ने बाध्यता भएकाले उक्त कार्यक्रमको बजेट भौतिक निर्माण र अन्य पूर्वाधार तथा विकासमा खर्च गर्न नसकिने कार्यविधि रहेको गाउँपालिकाले जनाएको छ ।

याे पनि पढ्नुस  २१ दिनपछि खुल्यो गाउँपालिकाको ताला

गाउँपालिकाका कर्मचारी नै कोरोना पोजिटिभ देखिएकाले कार्यक्रम र योजना सञ्चालनमा केही असहजता भएको जनाउदै स्थिति समान्य हुँदै गएकोले विकास निर्माणका काम र अनुदानका कार्यक्रमले छिट्टै गति लिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडा नम्बर ४ डौडामाण्डौमा जिर्ण पुल मर्मत यसै वर्ष सम्पन्न गर्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्