यौन दुर्व्यवहार आरोप लागेपछि दक्षिण कोरियाका वायुसेना प्रमुखद्वारा राजीनामा

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाका प्रमुखले यौन दुर्व्यवहारको घटनापछि राजीनामा दिएका छन्। शुक्रबार सेना प्रमुख ली सियोङ योङले राष्ट्रपति मुन जाइ इनलाई राजीनामा दिएका हुन्।

गत महिनाको अन्त्यतिर वायु सेनाकी एक जना मास्टर सर्जेन्टले आत्महत्या गरेकी थिइन । ती महिलाले आफूलाई गत मार्चमा गाडीभित्र यौन हिंसा भएको बताएकी थिइन्। ली उपनामकी उनले त्यसविरूद्ध उजुरी पनि हालेकी थिइन्। उनको परिवारका अनुसार लीका हाकिमहरूले उक्त उजुरी फिर्ता लिन र घटना मिलाउन दबाब दिएका थिए। उक्त घटनापछि उनको सरूवा पनि गरिएको थियो।

शुक्रबार दिउँसोसम्म ३ लाख ५० हजार मानिसले घटनाको विस्तृत छानबिन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेका छन्।

यो घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

मैले यो परिस्थितिका लागि जिम्मेवार ठानें,’ सेना प्रमुख योङले भने,‘मृतकप्रति मेरो गहिरो श्रद्धाञ्जली र परिवारप्रति समवेदना छ।’

दक्षिण कोरियाली समाजमा पितृसत्ता हावी छ। त्यहाँ हरेक सक्षम पुरूषले झन्डै २ वर्ष सेनामा काम गर्नैपर्छ। महिलाहरूका लागि भने सैनिक सेवा रोजाइको विषय हो।

कमेन्ट गर्नुहोस्