अष्ट्रेलियाबाट पूर्वराजदूत महेशराज दाहालको बिदाइ

काठमाडौं । सरकारले फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको सम्मानमा चितवन समाज अस्ट्रेलियाले सिड्नीमा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा अधिकाशं बक्ताले मुलुकको परराष्ट्र नीति सधैं समान हुनुपर्ने भन्दै राजनीतिक फेरबदलका वाबजुद पनि राजदूतलाई पूर्ण कार्यकाल काम गर्न दिइनुपर्नेमा जोड दिए ।

उडान अवरुद्ध र मुलुकको लकडाउनका कारण स्वदेश फिर्ता हुन नपाएका राजदूत दाहालले अस्ट्रेलियाबाट चाडै नै फर्कन परे पनि नेपाली समाजको मन मुटुको कुना कन्दरामा बस्न पाएकोमा आफू भाग्यमानी भएको बताए।

याे पनि पढ्नुस  अष्ट्रेलियाकाे राजदूतमा महेशराज दाहाल नियुक्त

आफ्नो २० महिने कार्यकालमा पनि राजदूतावासको भवन प्रकृया, दुई देश बीचको उच्चस्तरीय भ्रमण, ब्यापार सम्झौता, सिधा उडानको सम्भावना र सिप, ज्ञान र प्रविधिलाई मुलुकसम्म लग्ने काममा सफलताको वाटो पहिल्याउने काम गरेको बताए।

राजदूत दाहालले एउटा राजदूत बनाउने प्रकृयामा राजनीतिक नियुक्तिदेखि संसदीय सुनुवाइ र एग्रिमोको पर्खाइसम्म करीब ६ महिना लाग्ने तर बिना कारण फिर्ता बोलाउन मिनेट पनि नलाग्ने विधिको भने गहिरो अध्यन हुनुपर्ने बताए।

याे पनि पढ्नुस  राजदूत महेश दाहालद्वारा ओहोदाको प्रमाणपत्र पेश

उनले आफू हासीहाँसी नियुक्त भएकोले हाँसीहाँसी फिर्ता जान तयार रहेको बताउँदै भने, ‘सदैव मुटुमा नेपाल बोकेर हिड्ने अस्ट्रेलियाली नेपाली समाज र यहाँंका संघ संस्थाहरु साच्चिकै सम्मानयोग्य छन् र रहिरहनेछन्।’

कार्यक्रममा एनआरएनका महासचिव डा। ज्ञानेन्द्र रेग्मीले मन लाग्यो नियुक्त गर्ने र रिस उठे फिर्ता बोलाउने नेपाल सरकारको नीति आफैंमा बिरोधाभास र गलत रहेको जिकिर गरे। ‘एउटा राजदूतलाई अस्ट्रेलियाको नीति निमार्ण तहमा पहिचान बनाउन कम्तिमा पनि एक वर्ष लाग्छ, जब काम गर्ने बेला हुन्छ तब राजनीत‍िक प्रतिशोध र सत्ता परिवर्तनको मारमा पर्छ, यसरी राजदूत परिवर्तन गर्दै जानू सरासर गलत हो ,यसको हामी सबै प्रवासी नेपालीले विरोध गर्नुपर्छ’, महासचिव रेग्मीले भने।

कमेन्ट गर्नुहोस्