मान्छे किन मान्छे मार्छन् ? (कविता)

एउटै हाम्रो देवी देवता, एउटै हाम्रो रातो खुन।
एउटै हाम्रो दिउँसो सूर्य, एउटै हाम्रो राति जुन।।

एउटा हाम्रो मान्छे चोला, दुईटा हाम्रो मान्छे जाती।
एउटै हाम्रो जन्मी मर्ने, यही हाम्रो खेती पाती।।

एउटै हाम्रो धर्ती माता, एउटै हाम्रो पिउने पानी।
एउटै हाम्रो सुख दुःख, एउटै हाम्रो जिउने बानी।।

एउटै हाम्रो भगवानले, बराबरी हेर्छ सबलाई।
पराणीको चोलामाथि, भेदभाव गर्छ कसलाई?

एउटै माँका सन्ततीले, भेदभाव किन गर्ने?
छुवाछुत गरेर, मान्छे जिउँदै किन मार्ने?

एउटै हाम्रो भगमानले, मान्छे चोला दिएको छ।
मान्छेको भन्दा राम्रो, कसले यहाँ जिएको छ?

एउटै हाम्रो मान्छे चोला, जिवभाव किन गर्छन्?
उचानिचा जात बनी, भेदभाव किन गर्छन्?

छुवाछुत भेदभाव, जिवभाव किन गर्छन्?
तिम्रो मेरो बनी दुश्मन्, मान्छे किन मान्छे मार्छन्?

गंगलाल धामी

स्थायी ठेगाना : बझाङ छबिसपाथिभेरा-७, बुडखोरी

हाल : भारत बैंग्लोर

कमेन्ट गर्नुहोस्