चुरे दोहनमा अघिल्ला सरकार पनि जिम्मेवार : नारायणमान बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले भने, “चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरु पनि जिम्मेवार रहेका छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।”

याे पनि पढ्नुस  ‘चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैन’

पाँचतले मन्दिर र अन्य साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरू लथालिंग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रूपमा झन् पछाडि धकेलिएको आरोप लगाए ।

याे पनि पढ्नुस  नेमकिपाका अध्यक्ष बिजुक्छे अब पाठ्यक्रममा पनि !

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउँदैअध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्