८ विद्यार्थी संगठनको विज्ञप्तीः प्रधानमन्त्री ओलीसँग महतोको अभिव्यक्तिबारे स्पष्टीकरण माग

काठमाडौं । आठवटा विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको ‘बहुल राष्ट्रिय’ अभिव्यक्तिको विरोध गरेका छन् ।

आइतबार तीनवटा अखिल (क्रान्तिकारी), अखिल (पाँचौँ), समाजवादी विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियू र अखिल छैठौँले संयुक्त वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री महतोले दिएको ‘बहुल राष्ट्रिय’ अभिव्यक्तिको विरोध गरेका हुन् ।

विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारे स्पष्टीकरण माग गरेको छन् ।

उनीहरुले ढुंगागिट्टीको उत्खनन र निकासी गर्न दिने, पेट्रोलियम पदार्थको मूल्य बढाउने कार्यको विरोध गरेका छन् भने त्रिभुवन विश्वविद्यालयको परीक्षा गराउने वातावरण मिलाउन पनि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्