ओलीद्वारा पार्टी जोगाउन ६ बुँदे प्रस्तावसहित आह्वान, जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् ।

उनले आज साँझ आह्वानमा पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  ओली सरकारलाई छिटो भन्दा छिटो बिदा गर्नुको विकल्प छैनः प्रचण्ड

ओलीले जारी गरेको विज्ञप्तिमा विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्चमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुने पनि उल्लेख गरिएको छ ।

एमालेको माधव नेपाल झलनाथ खनाल समूहले पार्टी एकताका लागि जेठ ३ पूर्वको अवस्थाबाट पार्टी संगठन अघि बढाउनु पर्ने र कारबाहीहरु फुकुवा हुनुपर्ने माग गरिरहेको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

 

कमेन्ट गर्नुहोस्