सर्वोच्चको अन्तरिम आदेश : अत्यावश्यक वस्तुको होम डेलिभरी नरोक्नू

काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यक वस्तुको होम डेलिभरी नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका सरोकारवालालाई होम डेलिभरी नरोक्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले कोभिड संकट व्यवस्थापनको लागि बनेको अध्यादेशले समेत अत्यावश्यक बाहेकका सेवालाई मात्रै नियन्त्रण गर्ने उद्देश्य राखेको भन्दै अदालतले होम डेलिभरी सूचारु गराउन आदेश दिएको हो ।

याे पनि पढ्नुस  सर्वोच्चको फैसलाप्रति ईश्वर पोखरेलको तीव्र असन्तुष्टि, न्यायाधीशप्रति अमर्यादित भाषा प्रयोग

‘बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घरबाहिर जानु नपर्ने स्थिति सिर्जना गर्न इकमर्सको माध्यमबाट तत्कालीन २०७७ मा जारी गरिएको मापदण्ड तथा उक्त मापदण्डको अनूसूची १ मा तोकिएका अत्यावश्यक वस्तुहरुमा,’ अन्तरिम आदेशमा भनिएको छ, ‘उक्त मापदण्ड बमोजिमको स्वास्थ्य सुरक्षाको सम्पूर्ण उपायहरू लगायतका साधनको अवलम्बन गरी अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरूलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवा प्रदान गर्ने कार्य नगर्नू, नगराउनु ।’

याे पनि पढ्नुस  पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

कमेन्ट गर्नुहोस्