एमाले प्रदेश सचिव रावलद्वारा मन्त्रीको कक्षमा पुगेर हातपात, मन्त्रीले नै अभद्र व्यवहार गरेको रावलको आरोप

धनगढी । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले कार्यकक्षमा आएर दुव्यर्वहार गरेको भन्दै भौति पूर्वाधार विकास मन्त्रीले आपत्ती व्यक्ति गरेका छन् ।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको सचिवालयले नेता रावलले कार्यक्षमा आएर अभद्र व्यवहार गरेको भन्दै निन्दा गरेको हो ।

याे पनि पढ्नुस  सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

“कञ्चनपुर बस्ने राजेन्द्र सिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। विज्ञप्तीमा भनिएको छ, आगामी आर्थिक वर्ष २०७८र२०७९ को बजेट छलफलमाथि ब्यस्त रहेको अवस्थामा सचिवालय र रंगरक्षकलाई समेत छलेर मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश हुने कुरा अशोभानीय छ।”

याे पनि पढ्नुस  शपथ लिएलगत्तै निष्काशित भए एमालेबाट मन्त्री बनेका नयाँ र निवर्तमान मन्त्री

उता सचिव रावलले भने सरकारलाई विश्वासको मत नदिन निर्देशन दिइएको पत्र पुर्याउन मन्त्रीको कार्यकक्षमा गएको बेला आफूमाथि अभद्र व्यवहार भएको दावी गरेका छन् ।

मन्त्री सोडारी माधव नेपाल पक्षका हुन । पार्टी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएपनि पछिल्लो मन्त्रीमण्डल पुनर्गठनमा उनी मन्त्री बनेका थिए ।

याे पनि पढ्नुस  मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएपछि केपी पक्षले भने त्यसको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्