इंग्ल्याण्ड भ्रमणका लागि श्रीलंकाको टोली घोषणा

काठमाडौं । इंग्ल्याण्ड भ्रमणका लागि श्रीलंका क्रिकेट बोर्डले टोली घोषणा गरेको छ । श्रीलंकाले आज कुशल परेराको नेतृत्वमा २४ सदस्यीय टोली घोषणा गरेको हो ।

श्रीलंकाको टोली एकदिवसीय र टी-२० श्रृंखला खेल्न ९ जुनमा इंग्ल्याण्ड प्रस्थान गर्दैछ । बंगलादेशसँग वानडे सिरिज खेलेर श्रीलंका इंग्ल्याण्ड जान लागेको हो ।

याे पनि पढ्नुस  इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा

श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको वानडे सिरिज २–१ ले गुमाएको थियो ।

श्रीलंकाले इंग्ल्याण्डसँग १८ जूनमा वानडे र २० जूनमा टी-२० अभ्यास म्याच खेल्नेछ । त्यसपछि श्रीलंकाले २३ जूनदेखि २६ जूनसम्म तीन खेलेको टी-२० र २९ जूनदेखि ४ जुलाईसम्म तीन खेलकै वानडे सिरिज खेल्नेछ ।

याे पनि पढ्नुस  इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा

इंग्ल्याण्ड भ्रमणमा जाने श्रीलंकन टिम : कुसल परेरा (कप्तान), कुसल मेन्डिस, दनुष्का गुणाथिलका, अभिष्का फर्नान्डो, पथुम निसंका, निरोशन डिकवेला, धनन्जय डी सिल्वा, ओशादा फर्नान्डो, चैरिथ असालंका, दसुन शनाका, वनिन्दु हसारंगा, रमेश मेन्डिस, चमिका करुणारत्ने, धनंजय लक्षण, इशान जयरत्ने, दुश्मन्था चमीरा, इसुरु उडाना, असिथा फर्नान्डो, नुवान प्रदीप, बिनुरा फर्नान्डो, शिरान फर्नान्डो, लक्षण संदाकन, अकीला धनन्जय र प्रवीन जयविक्रमा ।

याे पनि पढ्नुस  इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा

कमेन्ट गर्नुहोस्