मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गरेका छन् ।

उनले बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा जाहेरी दिएका हुन् ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा टेष्ट किटको व्यवस्था गर्न माग

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएका हो। उनले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको बताए । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यहार गरेको आरोप छ ।

कमेन्ट गर्नुहोस्