दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन् १० बच्चा

एजेन्सी- दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० जना बच्चालाई जन्म दिएकी छन् । बीबीसीका अनुसार यो संसारकै नयाँ विश्व रेकर्ड हुन सक्छ ।

३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

याे पनि पढ्नुस  दक्षिण अफ्रिकी स्टार हशिम अमलाले लिए सन्यास

यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्