राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?

बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्