सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

धनगढी । पूर्ण बहुमतसाथ विश्वासको मत पाएको सुदूरपश्चिम सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

आज दिउँसो ४ बस्ने प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख गंगाप्रसाद यादवले आर्थिक वर्ष २०७८ ०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएका हुन ।

याे पनि पढ्नुस  १ किलो सलह ल्याए २५ रुपैँया दिने सुदूरपश्चिम सरकारको निर्णय

नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिएको र प्रदेश संसदीय दल भने मुख्यमन्त्रीकै पक्षमा रहेको अवस्थामा राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ भएको थियो । सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।

संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

याे पनि पढ्नुस  शपथ लिएलगत्तै निष्काशित भए एमालेबाट मन्त्री बनेका नयाँ र निवर्तमान मन्त्री

कमेन्ट गर्नुहोस्