आज खण्डखग्रास सूर्यग्रहण, कुण्डलाकार आकृति देखिने

काठमाडौं । आज यसवर्षको पहिलो सूर्य ग्रहण लाग्ने भएको छ । सुर्यग्रहण नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने छ ।

सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने ज्योतिषीहरुले बताएका छन् ।

आज लाग्ने खण्डग्रास सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने छ ।

नेपालमा भने यसको कुनै असर पर्ने छैन ।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । रिङ अफ फायर भनिन्छ । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

कमेन्ट गर्नुहोस्