पाँच तले भवन बसमाथि खस्दा कम्तिमा ९ व्यक्तिको मृत्यु

काेरियाकाे ग्वान्झु शहरमा पाँच तले भवन ध्वस्त भएर बसमाथि थुप्रिँदा कम्तिमा ९ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा  ८ जना मानिसहरु घाइते भएका छन ।

जतिबेला भवन भत्कियो त्यतिबेला १७ जना व्यक्ति बोकेको बस सडकमा रोकिएको अवस्थामा थियो । राष्ट्रिय अग्नि नियन्त्रक एजेन्सीका अनुसार अहिलेसम्म घर ध्वस्त हुनुको कारण स्पष्ट भइसकेको छैन । भग्नावशेषमा परेकाहरुलाई उद्धार गर्ने काम भइरहेको छ ।

अग्नि नियन्त्रक सेओक सनका अनुसार यस भवन भत्कनुअघि नै कार्यक्षेत्रमा तैनाथ सबै कामदारहरु अन्यत्रै गइसकेका थिए । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा सोझै बसमाथि भवन खसेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्