घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ । हिजो सुन तोलाका ९४ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्