मन्त्रिमण्डल विस्तार गर्दै ओली, आजै सपथ गराउने तयारी, को बन्दैछन् मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार ७ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । नयाँ मन्त्री नियुक्त गरेर आजै सपथ गराउने तयारी ओलीको छ ।

यी हुन् नयाँ मन्त्रीः

नारदमुनी राना, वनमन्त्री

मोहन वानिया, विनाविभागीय

खगराज अधिकारी,गृहमन्त्री

नैनकला थापा, सन्चारमन्त्री

ज्वालाकुमारी साह, कृषी मन्त्री

राजकिशोर यादव, उद्योग मन्त्री

गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

आशा विक, वन राज्यमन्त्री

अहिले प्रधानमन्त्री ओलीसँग उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए ।

कमेन्ट गर्नुहोस्