बादलकी पत्नी नैनकला संचारमन्त्री बन्दै !

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

माओवादी छोडेर एमालेमा लागेका बादलको सांसद पद गएको थियो । पछि सर्वोच्चकोे फैसलापछि बादलको मन्त्री पद पनि गएको थियो ।

आफू मन्त्री नपाएपछि बादलले पत्नीलाई मन्त्री बनाएका हुन् ।

मन्त्रिमण्डल विस्तार गर्दै ओली, आजै सपथ गराउने तयारी, को बन्दैछन् मन्त्री ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्