गण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशसभाको बिहीबारको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत मागेका छन् ।

अब मुख्यमन्त्री गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने र विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्