स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा, २२ तोला सुन र ५ लाखको शेयर !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छन् ।

याे पनि पढ्नुस  गुम्ने भयो कानून मन्त्री तामाङको पद, आजै राजीनामा दिन नेकपाको निर्देशन

यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ ।

श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न) ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्याैली र खरीद गरिएको दुवैथरि छ ।

याे पनि पढ्नुस  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँः पूर्वमन्त्री तामाङ

कमेन्ट गर्नुहोस्