थपिए मन्त्री, बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

योसँगै ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

आज थपिएका मन्त्रीः

खगराज अधिकारी, गृहमन्त्री

राजकिशोर यादव, उद्योग मन्त्री

गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

नैनकला थापा, सन्चारमन्त्री

नारदमुनी राना, वनमन्त्री

ज्वालाकुमारी साह, कृषी मन्त्री

मोहन वानिया, विना विभागीय

आशा विक, वन राज्यमन्त्री

 

कमेन्ट गर्नुहोस्