नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमकाबीच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खगराज अधिकारीलाई गृहमन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, नैनकला थापालाई सन्चारमन्त्री, नारदमुनी रानालाई वनमन्त्री, ज्वालाकुमारी साहलाई कृषी मन्त्री, मोहन बानियाँलाई विना विभागीय मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

योसँगै ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

थपिए मन्त्री, बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्