नेपालमा संक्रमितको संख्या ६ लाख नाघ्यो

काठमाडौं । नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ६ लाख १ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सक्रिय संक्रमित ७७ हजार ८५८ छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ८५.७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

आज काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्