दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौं । काठमाडौं उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् ।

मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।

समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ ।

याे पनि पढ्नुस  भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार

सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।

याे पनि पढ्नुस  ‘ट्राउट’ माछापालनबाट वार्षिक ३० लाख आम्दानी

आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरेको थियो । परीक्षण सु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो ।

काठमाडौंं उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

याे पनि पढ्नुस  काठमाडौंका पहिलो मेयरको निधन

कमेन्ट गर्नुहोस्