कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

याे पनि पढ्नुस  कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन आरम्भ

कमेन्ट गर्नुहोस्