मन्त्रीपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति हो : भीम रावल

काठमाडौं : नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वमन्त्री भीम रावलले कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति भएको बताएका छन् ।

सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तार विरुद्धकै मुद्दा विचाराधीन रहेको बेला पुनः विस्तार गरिनु संविधानको मर्ममाथि घात भएको नेता रावलले बताए ।

याे पनि पढ्नुस  भीम रावलले गरे पीएचडी

उनले ट्विटरमा लेखेका छन्, कामचलाउ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो, त्यसले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ । यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषद्को गम्भीर अवमूल्यन हो ।’

याे पनि पढ्नुस  भीम रावलले दशैँ भक्ता नलिने

 

कमेन्ट गर्नुहोस्