नरोत्तम वैद्यले माफी माग्दै फिर्ता लिए प्रधानमन्त्री ओलीविरुद्धको अभिव्यक्ति

काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति माफी माग्दै फिर्ता लिएका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति माफी माग्दै फिर्ता लिएका हुन् ।

उनले पार्टीको निर्देशन बमोजिम आत्मालोचना गरेको बैठकमा जानकारी दिए । उनले ओलीसँग आफ्नो कुनै व्यक्तिगत रिसिबी नरहेको र आवेगमा आएर आवश्यकता भन्दा बढी बोलेको स्वीकार गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको गृहनगरमा पूर्वराजा शाहको एक महिने ‘राजनीतिक’ बसाइ !

उनले शुक्रबार दिएको अभिव्यक्ति संसदको रेकर्डबाट समेत हटाइएको छ ।

वैद्यले शुक्रबार प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका थिए । वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका थिए ।

याे पनि पढ्नुस  यी हुन् नेकपा सचिवालय बैठकले गरेका चार निर्णय

उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो ।

वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।

कमेन्ट गर्नुहोस्