युरो कप : स्वीट्जरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो

काठमाडौं : युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले एक एक अंकमा चित्त बुझाएका छन् ।

बाबु स्टेडियममा शनिबार भएको खेलमा समूह ए मा रहेका स्वीट्जरल्याण्डले सुरुवाती अग्रता जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउन बाध्य भयो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

याे पनि पढ्नुस  युरो कप : स्कटल्यान्डविरुद्ध रिपब्लिक २-० ले विजयी

४९ औं मिनेटमा ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् ।

७४ औं मिनेटमा वेल्सले बराबरी गोल गरेको थियो । उसका लागि किफर मोरले गोल गर्दै वेल्सलाई खेलमा फर्काएका थिए ।

याे पनि पढ्नुस  युरो कप : स्कटल्यान्डविरुद्ध रिपब्लिक २-० ले विजयी

तर, ८७ औं मिनेटमा मारियो गार्भानिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई २-१ ले अघि बढाउन खोजेका थिए । भर्खरै मैदान प्रवेश गर्दै गोल गरेका गार्भानिको गोललाई रेफ्रीले भारको सहायताले अफसाइड करार गरेका थिए ।

कमेन्ट गर्नुहोस्