एमालेले बुझायो कर्णालीका मुख्यमन्त्रीलाई १९ बुँदे मागपत्र

सुर्खेत । नेकपा एमालेले वजेटमा समावेश गर्न आग्रह गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १९ बुँदै मागपत्र बुझाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कर्णाली प्रदेश सभा दलका दलनेता यमलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई आइतबार १९ बुँदै मागपत्र बुझाएका हुन् ।

याे पनि पढ्नुस  कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

सो क्रममा आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र वजेटका सम्वन्धमा छलफल भएको छ । छलफलका कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको वजेटमा समावेश गर्न आग्रह गर्दै १९ वुँदे मागपत्र पेश गरेका हुन् ।

मागपत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ ।

याे पनि पढ्नुस  कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

यसअनुसार दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड बजेट व्यवस्था गर्न, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र कम्तीमा १० करोड बजेट विनियोजन गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्