एमालेले बोलायो स्थायी कमिटी बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न एमालेले असार २ गते बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको ओली पक्ष दबाबमा परेको छ ।

याे पनि पढ्नुस  फेरि किन स्थगित भयो नेकपा बैठक ?

स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन पक्षले पुनरावलोकनमा जाने बताएको छ ।

खनाल(नेपाल समूहका गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, बैठकमा गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारको बहिर्गमनको पनि समीक्षा हुनेछ ।

याे पनि पढ्नुस  तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध

कमेन्ट गर्नुहोस्