युरोकप : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड १-० ले विजयी

काठमाडौं : इङ्ल्यान्डले युरोकप फुटबल २०२० अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १-० गोलको जित निकालेको हो ।

लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

याे पनि पढ्नुस  नायक बनेर फकिर्यो क्रोएसियाली टिम, यसरी भयो भव्य स्वागत [फाेटाेफिचर]

यो गोलसँगै स्ट्रलिङले इङ्ल्यान्डका लागि १९ खेलमा १७ गोल गर्न सफल भएका छन् ।

जितसँगै समूह डी’मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यता क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

कमेन्ट गर्नुहोस्